काठमाडौं । सवारी साधनहरुमा इम्बोस्ड नम्बर राख्ने अमेरिका र बंगलादेशको संयुक्त लगानीको कम्पनी डेकाटोरसँग भएको बिगतको सम्झौता सकिएपछि वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले म्यादथप गर्न लागेकोमा नेपाली कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले यस्तो निर्णय गरेमा त्यो नेपालको राष्ट्रियता र नेपाली जनतामाथिको घात गरेको ठहरिने बताएका छन् ।
नेपालीका ब्यक्तिगत विवरण बिदेशीको हातमा पुर्याउने, देवनागरी लिपिमा नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ भन्ने संवैधानिक ब्यवस्थालाई उल्लंघन गर्ने र अत्यन्तै महंगो किसिमले नेपालमा लुट मच्चाउनेगरी भएको सम्झौताको बिरोध हुँदैआएको स्मरण गराउँदै पुनः म्याद थप्नु नहुने उनको भनाइ छ ।
रावलले बिहीबार बिहान सामाजिक संजालमा लेखेका छन्–‘सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अमेरिका र बंगलादेशको संयुक्त कम्पनी डेकाटोरसँग विगतमा सवारी साधनहरूमा इम्बोड्स नम्बर राख्ने सम्बन्धमा भएको सम्झौतालाई म्याद सकिसकेपछि पुनः म्याद थप्ने समाचार सुनियो।
नेपालीका व्यक्तिगत विवरण विदेशीको हातमा पुर्याउने, देवनागरी लिपिमा नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ भन्ने संवैधानिक व्यवस्थालाई उल्लंघन गर्ने र अत्यन्तै महँगो किसिमले नेपाली हरूमाथि लुट मचाउने गरी भएको सम्झौताको संसद र सडकमा चौतर्फी विरोध हुँदै आएको हो ।
यस्तो सम्झौताको म्याद सकिँदा फेरि म्याद थप्ने वर्तमान अन्तरिम सरकारले निर्णय गरेमा त्यो नेपालको राष्ट्रियता र नेपाली जनता माथिको घात ठहरिनेछ ।’
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend