Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीले सत्तामा बसेर आन्दोलन गर्न मिल्दैन: पन्त


    सोमबार, फाल्गुन १० २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दाहाल-नेपाल (नेकपा) समूहका नेता रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीलाई  आन्दोलन गर्ने भए कुर्सी छाडेर सडकमा आउन आग्रह गरेका छन् । 

    मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले संसद् विघटनको घोषणा गरेसँगै नेकपा दुई धारमा विभाजनसँगै दुवैले जनप्रदर्श जारी राखेका बेला नेता पन्तले सोमबार आफूनिकट दलित मुक्ति मोर्चाको कार्यक्रमलाई संबोधन गर्ने क्रममा प्रधानमन्त्रीलाई सो आग्रह गरेका हुन् ।

    दाहाल-नेपालनिकट दलित मुक्ति मोर्चाले माइतीघरमा प्रतिनिधिसभाको विरोधमा कार्यक्रम गरेको थियो । 

    ‘प्रधानमन्त्रीले आन्दोलन गर्दैन त्यो ठट्टा मात्रै हो। संविधान लोकतन्त्र राजनीतिक प्रणालीमाथिको ठट्टा हो,’ सो क्रममा नेता पन्तले भने, ‘प्रधानमन्त्रीले सत्ताको कुर्सीमा बसेर आन्दोलन गर्न मिल्दैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार