Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेलसँग अष्ट्रेलियाली राजदूतको विदाइ भेट


    बुधबार, मंसिर १७ २०८२
    545
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत लिन जोनस्टनले विदाइ भेट गरेका छन्।

    राष्ट्रपति भवन, महाराजगञ्जमा सम्पन्न शिष्टाचार भेटका क्रममा नेपाल९अष्ट्रेलियाबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा सहयोगका सम्भावनाबारे छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

    विदाइ भेटका क्रममा राष्ट्रपति पौडेलले राजदूत जोनस्टनले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरे।

    अष्ट्रेलियासँगको मैत्रीपूर्ण सम्बन्ध विस्तार तथा सहकार्य सुदृढीकरणमा राजदूतको भूमिकाको प्रशंसा गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

    साथै, राजदूत जोनस्टनले नेपालमा रहँदै गरेको कार्यकालका क्रममा प्राप्त सहयोग र सहकार्यका लागि राष्ट्रपति तथा नेपाल सरकारप्रति आभार व्यक्त गरेकी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार