Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • दाहाल-नेपाल (नेकपा) समूहले गर्‍यो, ६८ जिल्लामा संगठन विस्तार


    सोमबार, फाल्गुन १० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल -नेपाल समूहले ६८ जिल्लामा आफ्नो संगठन विस्तार गरेको छ ।

    पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ‌ओलीले संसद् विघटनपश्चात् फरक दुई धारमा विभाजित भएपछि सोमबार प्रदेश, जिल्ला कमिटी, केन्द्रीय निकायलाई पूर्णता दिने क्रममा प्रचण्ड-नेपाल समूहले जिल्लामा अध्यक्ष र सचिव चयन गरेका हुन्  ।

    संगठन विस्तारका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३५ जिल्ला र अर्का अध्यक्ष माधवकुमार नेपालले ३३ जिल्लामा आफूनिकट अध्यक्ष र सचिव चयन गरेका छन् ।

    आइतबार मात्रै अध्यक्षद्वय दाहाल-नेपालबीच  पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि नौबुँदे मापदण्ड तथा आधार तयार गरी सोमा हस्ताक्षर भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार