Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • विभेद अन्त्यका लागि सबै पक्षसँग हातेमालो गर्नुपर्छ’: प्रचण्ड


    बुधबार, मंसिर १७ २०८२
    630
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिमाथिको सामाजिक विभेद अन्त्य, उपचार र जीविकोपार्जनको सुनिश्चितता तथा सम्मानजनक जीवनयापनको वातावरण निर्माणका लागि सबै पक्षसँग हातेमालो गर्न अपरिहार्य भएको बताएका छन्।

    चौतिसौँ अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण अपाङ्ग समुदायप्रति सम्मान तथा शुभकामना व्यक्त गर्दै उनले अपाङ्ग नागरिकको अधिकार, अवसर र सम्मानलाई राष्ट्र निर्माणको केन्द्रमा राख्नु हामी सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।

    संयोजक दाहालले समावेशी विकास, पहुँचयोग्य पूर्वाधार, उपचार, शिक्षा तथा रोजगारमा समान अवसर र सम्मानजनक जीवनका आधारहरूमा टेकेर नै सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्न सकिने सन्देशमा उल्लेख गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार