Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली पुस्तालाई विस्थापन गरी युवाले नेतृत्व लिनुपर्छ : पाण्डे


    सोमबार, फाल्गुन १० २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी ओलीले आमनागरिकसँग माफी मागी राजीनामा दिनुपर्ने बताएका छन् । 

    सोमबार युवाहरुसँगको छलफलका क्रममा नेता पाण्डेले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमपछि उत्पन्न सङ्कटले संवैधानिक र राजनीतिक अस्थिरता निम्त्याएको बताउँदै पाण्डेले सो बताएका हु्न। सोही क्रममा पाण्डेले युवाहरूमा गम्भीर नैराश्यता उब्जिएको पनि बताए । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले गलत गफ दिएर २१औँ शताब्दीका पुस्तालाई विकास र समृद्धिको बारम्बार गफ दिएर झुक्याएको बताएका पनि  छन् । 

    ‘देशमा २४ वर्षमुनि आधा जनसङ्ख्या छ। कपुरी क लेख्न सिक्नुभन्दा पहिले स्मार्ट फोन र गुगल चलाएर हुर्केका यो २१ औँ शताब्दीका युवालाई विकास र समृद्धिको बारम्बार गफ दिएर केपी ओली र हालको पुस्ताका नेतृत्वले बारम्बार झुक्क्याएको छ,’ पाण्डेले भने, ‘त्यसैले अब केपी ओलीको पुस्तालाई नै विस्थापन गरेर युवा पुस्ताले नेतृत्व गर्नुपर्छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार