Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • सशस्त्र प्रहरीद्वारा १३ लाखको १३७० किलो तस्करीको काजु बरामद


    मंगलबार, मंसिर १६ २०८२
    690
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । धनुषा जिल्लाको नगराइन नगरपालिका–२ जटहीस्थित खेतबारीबाट सशस्त्र प्रहरीले १३ लाख ७० हजार रुपैयाँ चोरीपैठारीको बराबारको काजु बरामद गरेको छ ।

    भारतबाट अबैध रुपमा भन्सार छली नेपालमा ल्याई लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा नं ८ गण धनुषाले सोमबार उल्लेखित मूल्य बराबरको १ हजार ३ सय ७० किलोग्राम काजु बरामद गरेको हो ।

    बरामद काजु जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार