Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महाधिवेशनका लागि समय कम भयो, पुसमा हुन्छ या हुन्न भन्ने टुंगो छैन: नेता कोइराला


    मंगलबार, मंसिर १६ २०८२
    455
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । नेपाली काँग्रेसका नेता डा.शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन् ।

    आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए । कोइरालाले भने, “समय कम भयो । महाधिवेशन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ ।” उनले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुंगो नभएको बताए ।

    यद्यपि सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनको भनाइ छ । जेन जेडलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्ने उनले बताए । महाधिवेशनमा उम्मेदवारीका सम्बन्धमा उनले भने, “सभापतिका लागि लड्ने भनेको थिएँ । शेखर दाइ हुनुहुन्छ । उहाँ पनि इच्छुक हुनुहुन्छ । कुरा भइरहेको छ । दुई जनामध्ये एक जना लड्छौँ ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार