Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • आफूखुसी उम्मेदवारी घोषणा गरेकोप्रति रास्वपाको आपत्ति


    मंगलबार, मंसिर १६ २०८२
    425
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विभिन्न तहका नेता तथा कार्यकर्ताहरुले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफू खुसी उम्मेदवारी घोषणा गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आपत्ति जनाएको छ ।

    पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको छनोट पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र हुने स्पष्ट नीति रहेको भन्दै रास्वपाले विज्ञप्ति नै जारी गरेर आफूखुसी अभिव्यक्ति नदिन आग्रह गरेको हो ।

    रास्वपाले भनेको छ, ‘पार्टी नीति अनुरूप रुपन्देही क्षेत्र नं। ३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा चयन भएको छ । यसबाहेक अन्य कुनै पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हालसम्म पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लागेको छैन भन्ने ब्यहोरा सम्बन्धित सबैमा यसैमार्फत स्पष्ट गरिन्छ।’

    साथै रास्वपाले पार्टीको आधिकारिक निर्णय नभइसकेको अवस्थामा कुनै पनि निर्वाचन क्षेत्रको उम्मेदवारसम्बन्धी भ्रामक, अपुष्ट वा अफवाह फैलिने खालका वक्तव्य, प्रचार–प्रसार वा गतिविधि नगर्न–नगराउन सबैलाई अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार