काठमाडौँ । केही दिनअघि मात्र काभ्रेपलाञ्चोक नाकाबाट भित्रिएका २४ गाडीका तरकारी-फलफूल जाँच्दा सबै सुरक्षित भएको नतिजा आएको थियो।
फेरि २०८२ मंसिर १२ गते राति १०:३० देखि १३ गते बिहान ३:३० बजेसम्म काभ्रे नाकाबाटै आएका २३ वटा सवारी साधनका तरकारी–फलफूलको मोबाइल खाद्य प्रयोगशाला भ्यानले जाँच गर्दा पनि सबै ४१ नमुना पूर्ण रूपमा उपभोग्य योग्य रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।
यो पटक बन्दा, काउली, टमाटर, सुन्तला, क्याप्सिकम, काँक्रो, फर्सी, सिमी, साग, मूला, माछे खुर्सानी, धनिया, लौका, मटरकोसा, प्याजलगायतका सामग्रीको विषादी अवशेष जाँच गरिएको थियो। यी तरकारी–फलफूल मकवानपुर, चितवन, धादिङ, दमौली, नवलपुर र गोरखाबाट आएका थिए भने कालीमाटी, बल्खु, धुम्बाराही र चाबहिल बजारमा बिक्रीका लागि ल्याइएका थिए।
विभागकी प्रवक्ता डा। बाल कुमारी शर्माले भनिन्, “छोटो समयमै दोस्रो पटक पनि सबै नमुना सुरक्षित देखिनुले किसान र व्यापारीहरू जिम्मेवार बन्दै गएको पुष्टि गर्छ। उपभोक्ताले ढुक्कसँग यी तरकारी–फलफूल खान सक्नुहुन्छ।”
विभागले सकारात्मक नतिजालाई कायम राख्न सबै पक्षलाई आग्रह गर्दै छड्के अनुगमन निरन्तर गर्ने र मापदण्ड बिपरित भेटिए कडा कारवाही गर्ने जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend