काठमाडौँ । लामो रस्साकस्सीपछि अन्ततः सहमति जुटाउँदै नेपाली काँग्रेसको सिंगो कार्यसमिति आगामी पुसमा नियमित महाधिवेशन गर्ने निर्णयमा पुगेको छ ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका असन्तुष्ट नेताहरूलाई पुसभित्रै महाधिवेशन गर्ने कार्यतालिका सर्वसम्मत पारित गर्न निर्देशन दिएसँगै यो गाँठो फुकेको हो ।
२३ र २४ भदौको जेनजी आन्दोलनपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा काँग्रेसभित्र २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै नियमित महाधिवेशनको माग जोडसँग उठेको थियो ।
पार्टीको संस्थापन पक्ष त्यसमा सहमत नदेखिएपछि संस्थापनइतर पक्षले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरेको थियो । १४औँ महाधिवेशनका झन्डै ५५ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरेको निवेदन असोज २८ मा केन्द्रीय कार्यालयमा दर्ता भएको थियो ।
त्यसपछि पार्टी विशेष कि नियमित महाधिवेशन भन्ने विवादलाई लिएर दुई कित्तामा बाँडिएको थियो । संस्थापन पक्षमा रहेका पूर्वपदाधिकारीहरूले फागुनको निर्वाचनअघि महाधिवेशन सम्भव नै नरहेको भन्दै आगामी वैशाखमा गर्नुपर्ने विकल्पसहित तत्काल नियमित र विशेष दुवै प्रस्ताव खारेज गरिरहेका थिए ।
काँग्रेस विधानमा कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नु पर्ने व्यवस्था छ । त्यसकारण आगामी पुसको २८ गतेभित्र जसरी पनि विशेष महाधिवेशन गर्नै पर्ने दबाब काँग्रेसमा थियो ।
तर, विशेषमा जाँदा पार्टी विभाजन हुने जोखिम रहेको भन्दै कार्यवाहक सभापति खड्कालगायतले सहमतिको निरन्तर प्रयास गरिरहेका थिए । उपचार सकेर सिंगापुरबाट फर्किएपछि सभापति देउवाले नै असन्तुष्ट नेताहरूलाई बोलाएर पटक पटक छलफल गरी पुस अन्तिममा नियमित महाधिवेशनका लागि मनाएका हुन्।
https://drive.google.com/file/d/1wkzqsfLTWOE_L36slrla6UYLRR0eOYMj/view?usp=drivesdk
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend