Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कम्मर कसेर निर्वाचनको तयारीमा लाग्न कर्मचारीहरूलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको निर्देशन


    सोमबार, मंसिर १५ २०८२
    475
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्न निर्देशन दिएका छन् ।

    सोमबार आयोगमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

    उनले समानुपातिक निर्वाचन प्रणाली केही जटिल भए पनि विगतमा काम गरेका व्यक्तिहरूबाट सुझाव लिएर काम गर्न सके कठिन नहुने बताए ।

    निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा कुनै पनि झन्झट नमानीकन सूत्रअनुसार अघि बढ्न उनले आग्रह गरे ।

    उनले संवैधानिक व्यवस्था बमोजिम नेपालमा दुई वटा निर्वाचन प्रणाली रहेको बताउँदै आयोगमा समानुपातिक निर्वाचन प्रणालीका लागि सोमबारदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको र अब समानुपातिक निर्वाचन प्रक्रियाका काम सुरु हुने बताए ।

    उनले भने, ‘निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा साथीहरूले काम गर्ने सन्दर्भमा अलि झन्झटिलो पनि मान्नुहोला । तर यो सूत्र र फर्मुलामा हुने निर्वाचन भएकाले सूत्रलाई पहिला नै मनन गरिदिनुभयो र ती व्यक्तिहरूबाट सल्लाह र सुझाव लिएर कार्यक्रम सञ्चालन गर्नुभयो भने कठिन छैन । कम्मर कसेर निर्वाचन सम्पन्न गर्नुस् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार