काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट गएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवारलाई १६ हजार मतान्तरले पराजीत गरेका रामेछापबाट सांसदमा निर्वाचित भएका पूर्णबहादुर तामाङ(कान्छाराम)ले सुशीला कार्की नेतृत्वको सरकार २०८४ सालसम्म रहनुपर्ने अभिब्यक्तिपछि नयाँ राजनीतिक बहस सुरु भएको छ ।
एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा तामाङले कार्की नेतृत्वको सरकार ०८४ सम्म कायम रहनुपर्ने कुरामा जोड दिएका छन् । वास्तविक जेनजीहरुलाई पनि समेटेर यही सरकारलाई नै सर्वपक्षीय सरकारका रुपमा बिस्तार गरेर जानुपर्ने उनको अभिब्यक्तिले नयाँ बहस सृजना गरेको हो । बास्तविक जेनजीहरूसहितको सरकारले मात्र देशलाई मेलमिलाप र एकताको बाटोमा लानसक्ने उनले बताएका छन् ।
मन्त्रीहरूका कारणले प्रधानमन्त्री सुशीला कार्कीको इतिहास डुब्न लागेकाले तत्काल पार्टी र जेनजी समूहहरूसँग बार्ता गरेर सबै मन्त्रीहरूलाई घर फिर्ता गर्नुपर्ने, चुनाव गराउन सर्वपक्षीय सरकार गठन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
वर्तमान सरकारका मन्त्रीहरु जेनजी होइनन्, चुनावी मन्त्रीहरु भएको बताएका छन् । देश, जनता, जेनजी र प्रधानमन्त्री कार्कीलाई मन्त्रीहरू ले धोका दिएकोमा उनले चिन्ता प्रकट गरेका छन् । मन्त्रीहरुलाई मृत्यु भएका जेनजीहरूको रगतको पाप लाग्नेछ, पोल्नेछ, उनले भनेका छन् । यो सरकारका संयन्त्रहरुले टेबलमा भएको पाकेका फाइलहरू लुकाएर फन्डा मात्रै गरेको आरोप लगाएका छन् ।
पूर्व ऊर्जाराज्यमन्त्री समेत रहेका तामाङले सरकारले भूषण राणाको घरबाहेक कसैको घर नदेखेकोमा आश्चर्य प्रकट गरेका छन् । सीआईबीले राणाको घरमा छापा मारे पनि केही नभेटेको तथ्य बाहिरिसकेको छ ।
तामाङ भन्छन्– अबको प्रधानमन्त्री लोभ र मोहबाट मुक्त हुनुपर्छ । सुशीला कार्कीको ठाउँ खाली गरेर कोही आउन चाहन्छ भने आफ्नो र परिवारको नाममा भएका देश बिदेशका सबै सम्पत्ति राष्ट्रको नाममा घोषणा गरेर आउनुपर्छ । प्रधानमन्त्रीबाट हटेपछि मन्दिरमा बस्छु भन्नेलाई मात्रै बनाउनुपर्छ, नत्र देश गयो, डुबाए, सबै नागरिक सतर्क हौं । राजनीतिले नै देश डुुबायो, युवा पुस्ता सचेत हुनुपर्छ । देश बचाऔं, देश रहे हामी रहन्छौं ।
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend