Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमालेले पोखरामा कार्यक्रम बिथोल्न खोज्यो: सुदन गुरुङ


    सोमबार, मंसिर १५ २०८२
    385
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले आफ्नो पोखरा भ्रमणलाई लिएर नेकपा एमाले र केही समूहले अवरोध गर्न खोजेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूहरू पोखरा निस्किएको खबर पाएपछि कार्यक्रम बिथोल्ने प्रयास भइरहेको दाबी गरेका हुन् ।

    उनले पोखरामा जनेजीको संगठन विस्तार र आम नागरिकसँग भेटघाटका लागि आफूहरू निस्किएको थाहा पाएपछि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको दाबी गरेका हुन् ।

    उनले भनेका छन्, ‘पोखरामा जेन–जी भाइबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोख्रेली आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू भेट्न हामी पोखरा निस्कियौँ। तर, हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ ।’

    विगतमा पनि देशका लागि लडेर आएको स्मरण गराउँदै गुरुङले विपक्षीहरूको अवरोधले आफ्नो अभियान नरोकिने स्पष्ट पारेका छन् । साथै उनले कसैसँग सामना गर्न आफूहरू पछि नहट्ने चेतावनी समेत दिएका छन् ।

    ‘हामी हिजो देशका लागि लडेर आएका हौँ, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन,’ उनले भनेका छन्, ‘हामी सधैं सत्य र देशको पक्ष उभिन्छौँ।’ गुरुङले युवाहरूको आवाजसँग जोडिएर आफूहरू अझ बलियो हुने र गर्वका साथ झण्डा उठाएर पोखरा प्रवेश गर्ने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार