Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • प्रदेशसभा रोक्ने मुख्यमन्त्री राईको प्रस्ताव, सभामुखले गरे अस्वीकार


    आइतबार, फाल्गुन ९ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । एक नम्बर प्रदेशको सरकारबिरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको लामो समयसम्म टेबुल हुनसकेको छैन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज पनि प्रदेससभाको बैठक रोक्न सभामखु प्रदीपकुमार भण्डारीलाई दबाब दिएका छन् । तर संविधान विपरीत हुने भएकाले अविश्वास प्रस्तावमा छलफल रोक्ने मुख्यमन्त्री राईको दबाब सभामुख भण्डारीले अस्वीकार गरेका छन् ।

    आज बिहान भएको छलफलमा मुख्यमन्त्री राईले सभामुखलाई दबाब दिएका थिए, तर उनले आजको छलफल गराएरै छाड्ने भएका छन् । 

    सभामुखले आज अविश्वास टेबल भएरै छाड्छ, म रोक्न सक्दिनँ भन्ने जवाफ राईलाई दिएका छन् । मुख्यमन्त्री राईको समूहले प्रदेशसभा बैठक अवरोध गर्दै आएको छ । यसलाई विपक्षी दलहरुले सरकारको आयु लम्ब्याउने प्रयासको रुपमा लिएका छन् ।

    सभामुख भण्डारीले आजका लागि बैठक बोलाएका थिए । आज पनि मुख्यमन्त्री राईले सूचना टाँसेर बैठक रोक्न माग गरेका थिए ।

    आज दुई बजेका लागि प्रदेशसभाको बैठक आह्वान भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार