काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आज एकता घोषणा हुँदैछ । कुनै पनि पदीय बार्गेनिङबिना निशर्तरुपमा विवेकशीलको नेतृत्व रास्वपाका समाहित हुन लागेको दुवै पक्षका नेताहरूले बताएका छन् ।
आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणा कार्यक्रम हुन लागेको हो । एकताका लागि लामो समयदेखि विभिन्न चरणमा वार्ता र छलफलहरू भएका थिए । तर, विवेकशीलको नेतृत्व रास्वपाका कसरी मर्ज हुन्छ भन्ने अहिलेसम्म सार्वजनिक गरिएको छैन । रास्वपाका समाहित भएसँगै विवेकशीलको अस्तित्व भने मेटिने छ ।
रास्वपाले गत १२ मंसिरमा भर्चुअल बैठक गरेर विवेकशील साझासँग एकीकरण प्रस्तावलाई अनुमोदन गरेको थियो । त्यससँगै पार्टीले ‘संघीय नेतृत्व मञ्च’ नामक एउटा नयाँ संयन्त्र निर्माण गर्ने प्रस्ताव पनि सो बैठकले गरेको थियो । रास्वपाका समाहित हुन आउने वैकल्पिक धारका नेताहरूलाई यो मञ्चमा समेट्ने रणनीति रास्वपाले बनाएको छ । पार्टीका प्रवक्ता मनिष झाका अनुसार यो संरचना अस्थायी हो, जुन पार्टीको आगामी महाधिवेशनसम्म मात्रै कायम रहनेछ ।
रास्वपाका १२१ सदस्यीय केन्द्रीय समिति रहने विधानमा व्यवस्था छ । तर, अहिले केन्द्रीय सदस्य ५८ जना मात्रै छन् । महाधिवेशनअघि केन्द्रीय सदस्य थप्नु वाञ्छनीय नहुने भएकाले नयाँ संरचना निर्माण गरिएको प्रवक्ता झाले बताए ।
उनले भने, ‘अब हामी महाधिवेशनसम्म नयाँ केन्द्रीय सदस्य थप्दैनौँ । रास्वपाका आउने वैकल्पिक धारका नेताहरूलाई संघीय मञ्चमा समेटिने छ भने पार्टीभित्रका केन्द्रीय सदस्य बन्न योग्य नयाँ साथीहरूलाई पनि यसमा राखिने छ ।’
संघीय नेतृत्व समितिका सदस्यहरूको केन्द्रीय सदस्य बराबर नै राजनीतिक हैसियत रहने छ । समितिमा रहेका नेताहरूले रास्वपाका आवश्यकता अनुसार विभिन्न जिम्मेवारी र भूमिका पाउन सक्नेछन् ।
स्रोतका अनुसार विवेकशील साझाबाट रास्वपाका आउने प्रमुख नेताहरूलाई संघीय नेतृत्व समितिमा स्थान दिने तयारी छ । विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा र महासचिव रञ्जु दर्शना यसै समितिमा रहने छन् । अरू कोको नेताहरूलाई स्थान दिने भन्ने टुंगो लागिसकेको छैन ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend