काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।
पार्टीभित्र देखिएको महाधिवेशन विवाद मिलाउन उनले दिउँसो १ बजे आफ्नै निवास महाराजगन्जमा बैठक बोलाएका हुन् ।शनिबारको छलफल निष्कर्षविहीन भएपछि देउवाले यसलाई आज पनि निरन्तरता दिएका हुन् ।
बैठकमा इतर समूहका नेता डा. शेखर कोइराला, निवर्तमान गृहमन्त्री रमेश लेखकसहितका पदाधिकारी र पूर्वपदाधिकारी तथा वरिष्ठ नेताहरूलाई बोलाइएको छ ।
गत असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि देउवा एक महिनासम्म पार्टीका गतिविधिमा देखिएका थिएनन् । तर, पार्टीभित्र महाधिवेशनबारेको विवाद समाधान गर्न उपसभापति खड्काले गरेको प्रयास सार्थक नभएपछि देउवाले पुनः सक्रियता देखाएका हुन्
बिहीबारदेखि नेताहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेका देउवाले आज संस्थापन र इतर दुबैतर्फका नेताहरूलाई छलफलमा बोलाएका हुन् ।
कांग्रेसमा संस्थापन पक्षका केही नेताले पार्टीको १५औँ महाधिवेशन फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै गर्नेमा अड्डी कसेका छन् । त्यस्तै इतर पक्षले पुसभित्रै महाधिवेशन सकेर आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुनुपर्ने भनिरहेका छन् ।
यसै विषयको विवाद टुंग्याउन देउवाले छलफल राखेका हुन् । यो छलफलले नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषय आज टुङ्ग्याउने छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend