काठमाडौं । आज देशभर नेकपा (एमाले) को ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनोट हुँदैछन् । महाधिवेशन प्रतिनिधि छनोटमा सहमति नभएका निर्वाचन क्षेत्रमा आज मतदान हुँदैछ । महाधिवेशन प्रतिनिधि छनोटमा कतिपय जिल्लामा बिधिबिधान मिचेर जवर्जस्ती गरिएको समाचार पनि आएको छ ।
दाङमा एमाले महासचिव शंकर पोखरेलको नाम लिएर विधि र विधानको हत्या गर्दै जबर्जस्ती महाधिवेशन प्रतिनिधि चयन गरिएको आरोप लागेको छ । दाङ जिल्लाको महाधिवेशन छनोटको सम्पूर्ण प्रक्रिया खारेज गर्न माग गरिएको छ । साथै पार्टी विधान, नियमावली र केन्द्रले तोकेको मापदण्डको पूर्ण पालना गरी निष्पक्ष र पारदर्शी ढंगले पुनः प्रतिनिधि छनोट प्रक्रिया सुरु गर्न पनि माग गरिएको छ ।
दाङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार सुरेश गौतमले दाङ जिल्लाबाट प्रतिनिधि छनोट गर्ने सन्दर्भमा पार्टीको विधान, नियमावली तथा केन्द्रबाट तोकिएको मापदण्ड र निर्देशिकालाई पूर्ण रुपमा लत्याएर जबर्जस्ती रुपमा प्रतिनिधि चयन गरिएकोमा हाम्रो गम्भीर असहमति रहेको बताएका छन् ।
गौतमले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ–नेकपा (एमाले) को आगामी मंसिर २७, २८ र २९ गते हुने ११ औं राष्ट्रिय महाधिवेशनका लागि दाङ जिल्लाबाट प्रतिनिधि छनोट गर्ने सन्दर्भमा पार्टीको विधान, नियमावली तथा केन्द्रबाट तोकिएको मापदण्ड र निर्देशिकालाई पूर्ण रुपमा लत्याएर जबरजस्ती रुपमा प्रतिनिधि चयन गरिएकोमा हाम्रो गम्भीर असहमति रहेको जानकारी गराउन चाहन्छौं ।
पार्टीलाई विधि र पद्धतिमा चलाउने, लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने तथा पार्टी सदस्यको भावनालाई कदर गर्ने प्रतिबद्धताका बाबजुद दाङ जिल्लामा भएको प्रतिनिधि छनोट प्रक्रिया अत्यन्तै अन्यायपूर्ण, अपारदर्शी र स्वेच्छाचारी रहेको छ ।
गौतमले दाङ जिल्लाको महाधिवेशन छनोटको सम्पूर्ण प्रक्रिया खारेज गर्न माग गर्दै लेखेका छन्–
१ निर्वाचन प्रक्रियाको पूर्ण बेवास्ताः प्रतिनिधि छनोटका लागि आवश्यक निर्वाचन समिति गठन, मतदाता नामावली प्रकाशन तथा अन्य निर्वाचन प्रक्रिया नै सुरु नगरी एकलौटी ढंगले प्रतिनिधिहरूको नाम घोषणा गरिएको छ । यो पार्टीको लोकतान्त्रिक अभ्यासको ठाडो उपहास हो ।
२. महासचिवको नाम जोडेर स्वेच्छाचारिताः जिल्लाका नेतृत्वहरूले प्रतिनिधि छनोटको यो विधिहीन र मनमानीपूर्ण निर्णय नेकपा (एमाले) का महासचिव कमरेड शंकर पोखरेलको निर्देशनमा भएको भनी सार्वजनिक रूपमा भनिरहेका छन् । यदि यो कुरा सत्य हो भने पार्टीको केन्द्रीय नेतृत्वबाटै विधानको धज्जी उडाइएको ठहरिनेछ, जुन अत्यन्त दुःखद र निन्दनीय छ । कुनै पनि नेताको निर्देशनले पार्टी विधानलाई मिच्न सक्दैन ।
३.विधान र नियमावलीको उल्लंघनः प्रतिनिधि छनोटको लागि तोकिएको स्पष्ट विधि र प्रक्रियालाई मिचेर केही सीमित व्यक्तिहरूको स्वार्थ र दबाबमा मनलाग्दी ढंगले नामहरू समावेश गरिएको छ ।
४.संगठित सदस्यहरूको भावनामाथि कुठाराघातः मतदाता नामावली नै प्रकाशित नगरी प्रतिनिधि चयन गर्दा दाङका हजारौं संगठित सदस्यहरू आफ्नो मताधिकार प्रयोग गर्ने संवैधानिक हकबाट वञ्चित भएका छन्, जसले पार्टीप्रति निराशा र वितृष्णा पैदा गरेको छ ।
५.बलजफ्ती र एकलौटी निर्णयः लोकतान्त्रिक छलफल र सहमति निर्माणको प्रयास नगरी, निश्चित समूहको एकलौटी निर्णयका आधारमा प्रतिनिधिका नामहरू घोषणा गरिएका छन् ।
१.दाङ जिल्लाबाट भएका प्रतिनिधि छनोटको सम्पूर्ण प्रक्रिया तत्काल खारेज गरियोस् ।
२. पार्टी विधान, नियमावली र केन्द्रले तोकेको मापदण्डको पूर्ण पालना गरी निष्पक्ष र पारदर्शी ढंगले पुनः प्रतिनिधि छनोट प्रक्रिया सुरु गरियोस् ।
३.महासचिवको नाम जोडेर स्वेच्छाचारी निर्णय गर्ने जिल्ला नेतृत्वहरूमाथि विधान अनुसार आवश्यक कारबाही गरियोस् ।
पार्टीका लाखौं कार्यकर्ताको आस्था र विश्वासको धरोहर बनेको नेकपा (एमाले) लाई यस्तो गैर–लोकतान्त्रिक र विधिहीन अभ्यासले ठूलो क्षति पु¥याउँछ भन्ने हाम्रो ठहर छ । पार्टीको आन्तरिक जीवनलाई स्वस्थ, पारदर्शी र लोकतान्त्रिक बनाउनु हामी सबैको कर्तव्य हो । पार्टीलाई सही बाटोमा हिँडाउन र महाधिवेशनलाई विधि र पद्धतिको संगम बनाउन सम्पूर्ण दाङवासी पार्टी सदस्य तथा शुभचिन्तकहरूलाई यस संघर्षमा साथ दिन हार्दिक अपिल गर्दछौं ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend