Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा, विभिन्न कागजपत्र नियन्त्रणमा


    शुक्रबार, मंसिर १२ २०८२
    705
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुनसरी। सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्ला वर्षहरूमा आर्थिक अनियमितताका घटना वृद्धि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानमा छापा मारी आवश्यक कागजपत्र नियन्त्रणमा लिएको छ।

    प्रतिष्ठानमा विभिन्न शीर्षकमा भएका अनियमितताबारे दर्ता भएको उजुरीलाई आधार मानेर अख्तियारले प्रतिष्ठानमा छापा मारी छानबिनको प्रक्रिया अघि बढाएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयका अधिकृत अकिल बस्नेत नेतृत्वको तीन सदस्य टोलीले प्रतिष्ठानमा छापा मारी आवश्यक कागजपत्र नियन्त्रणमा लिएको छ ।

    अख्तियार इटहरीका सूचना अधिकारी उपसचिव रोशन अर्यालले प्रतिष्ठानमा देखिएका आर्थिक अनियमितता,नियमविपरीत खर्च, मिलेमतोमा टेन्डर, बाह्य क्लिनिक सञ्चालन जस्ता आरोपहरूको तथ्यगत अध्ययन तथा प्रमाण संकलनका लागि आयोगको अनुसन्धान टोली धरान पुगेको बताए । उनले आर्थिक अनियमितता घटनाको आबस्गक कागज पत्र नियन्त्रणमा लिएको बताउँदै अन्य विषयमा बोल्न नमिल्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार