Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • आधिकारिक पत्र नआएसम्म वार्तामा नबस्ने विशेष महाधिवेशन पक्षधरको निर्णय


    शुक्रबार, मंसिर १२ २०८२
    545
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधरलाई वार्ताका लागि बोलाएका छन् ।

    सभापति शेरबहादुर देउवासँग शुक्रबार भएको छलफलपछि उनले विशेष महाधिवेशन पक्षधरलाई वार्ताका लागि बोलाएका हुन् ।

    विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सञ्चालन गर्ने नेतामध्येका एक गुरुराज घिमिरेले वार्ताका लागि कार्यवाहक सभापति खड्काले बोलाएको पुष्टि गरेका छन् ।

    उनका अनुसार कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन पक्षधरलाई शनिबार बिहान साढे ८ बजेका लागि वार्तामा बोलाएका थिए ।

    तर, विशेष महाधिवेशन पक्षधरले भने मौखिक रूपमा गरिएको वार्ताको निमन्त्रणालाई स्वीकार नगर्ने निर्णय गरेको नेता घिमिरेले जानकारी दिए ।

    कार्यवाहक सभापति खड्काले वार्ताका लागि बोलाएपछि आफूहरू बैठक बसेको र बैठकबाट वार्तामा सहभागी नहुने निर्णय गरेको उनले बताए।

    काँग्रेसको १४औँ महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिले २९ असोजमा कार्यवाहक सभापति खड्कालाई विशेष महाधिवेशनको लिखित माग बुझाएका थिए।

    विधानअनुसार माग भएको तीन महिनाभित्र महाधिवेशन आह्वान गर्नुपर्छ । विशेष महाधिवेशनको लागि माग गरिएको समयावधि २८ पुसमा सकिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार