काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहको भेलाले फागुन २१ गतेको निर्वाचनपछि मात्रै पार्टी महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
बानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा शुक्रवार बसेको संस्थापन पक्षको छलफलले निर्वाचनअघि सबै विवादित क्रियाशील सदस्यताको टुङ्गो लगाएर मात्र महाधिवेशनमा जानुपर्नेमा जोड दिएको छ।
भेलाले अहिलेको असामान्य राजनीतिक परिस्थितिमा चुनावपछि मात्र महाधिवेशन गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको हो। बैठकमा वर्तमान केन्द्रीय कार्यसमितिको म्याद थप्ने विषयमा पनि विस्तृत छलफल भएको छ ।
केन्द्रीय सदस्य डा.रणबहादुर रावलका अनुसार अहिले जिल्ला सभापतिदेखि तल्ला तहका सबै कमिटीको म्याद १० गते सकिइसकेको छ भने केन्द्रीय कार्यसमितिको म्याद मङ्सिर २८ गते सकिँदै छ ।
यस्तो अवस्थामा विधानबमोजिम म्याद थपको प्रस्ताव आगामी केन्द्रीय समिति बैठकमा पेस गरिने र सहमति नभए बहुमत(अल्पमतबाट निर्णय लिनुपर्ने विषयमा पनि संस्थापन पक्ष सकारात्मक देखिएको छ ।
कांग्रेसभित्र महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा चर्को विवाद कायमै छ । यही विवादका कारण असोज २८ गतेदेखि सुरु हुनुपर्ने केन्द्रीय कार्यसमिति बैठक पटक(पटक स्थगित हुँदै आएको छ । संस्थापन पक्ष निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने अडानमा छ भने महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरूले निर्वाचनअघि नै नयाँ नेतृत्व चयन गर्नुपर्ने बताउँदै आएका छन् ।
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend