Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद पुनर्स्थापना भए सांसद किनबेचको फोहोरी खेल हुन्छ :प्रधानमन्त्री


    शनिबार, फाल्गुन ८ २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर। आज बिराटनगरमा आयोजित आमसभालाई  सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको मुद्दामा देश र जनताकाविरुद्ध फैसला भए आन्दोलन हुने बताएका छन् ।

    आज  विराटनगरमा नेकपाले आयोजना कार्यक्रममा आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जालझेल र सेटिङमा देश र जनताविरुद्ध फैसला भए आफूहरुको आन्दोलन फेरि सशक्त रुपमा अगाडि बढ्ने बताए ।सर्वोच्च अदालतलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यदि कहीं कुनै प्रकारको जालझेल, षड्यन्त्र टिकडम, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ, फेरि पनि हामी त्यस्ता शक्तिहरुलाई पराजित गर्छौ ।’
     प्रधानमन्त्रीले नेकपाको आधिकारिता र सूर्य चिन्ह आफूहरुले नै पाउने दावी गरेका छन् । उनले अरुले जित्ने कुनै कारण नभएका कारण आफूहरुको विजय सुनिश्चित भएको दावी गरे । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताए । ‘सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न’, उनले भने ।

    उनले प्रतिनिधि सभा पुनर्स्थापना हुने भयो सांसद किनबेच, सरकार बनाउने–ढाल्ने खेल हुने र लोकतन्त्रलाई कमजोर हुने बताए । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले देशभर भएका सभा, संविधानको मर्म र भावना हेरेर विश्लेषण गर्ने बताए ।

    सभामुखले कीर्ते काम गरेको ओलीले आरोप लगाए । लोकतन्त्रमा प्रधानमन्त्रीले संसद बिघटन गर्न पाउने भन्दै उनले आफु निर्बिबाद भएको दाबी गरे।

    प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना भएको खण्डमा सांसद किनबेच हुने र त्यस्तो फोहोरी खेलले देश पुनस् अस्थिरतातर्फ फर्कने दाबी गरे।

    त्यस्तो फोहोरी खेललाई समाप्त पार्न पनि नयाँ जनादेशमा जानुपर्ने उनले तर्क दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार