Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • फागुन २१ को चुनावमा भाग लिने दलको संख्या १०८ पुग्यो


    शुक्रबार, मंसिर १२ २०८२
    620
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि १ सय ८ राजनीतिक दलले निवेदन दर्ता गराएका छन् ।

    निर्वाचन आयोगका अनुसार फागुन २१ को निर्वाचनमा भाग लिनका लागि बिहीबार बेलुकासम्म १०८ राजनीतिक दलले निवेदन दिएका हुन् ।

    आयोगका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्ममा १ सय ६ दलले दल दर्ता गराएकामा दल दर्ताका लागि थपिएको ४ दिनको समयमा पहिलो दिन बिहीबार थप २ दल दर्ता भएका हुन् ।

    बुधबार साँझ मात्रै आयोगले निर्वाचन प्रयोजनका लागि ४ दिन म्याद थप गर्ने निर्णय गरेसँगै बिहीबार थप २ दल दर्ता भएका हुन् । बिहीबार थपिने २ दलमा प्रेमकुमार थाम्सुहांग नेतृत्वको नागरिक बचाउ दल नेपाल र प्रकाश खड्का नेतृत्वको नेपाल जनसेवा पार्टी रहेका छन् ।

    पुराना र नयाँ दल गरेर अहिलेसम्म आयोगमा १ सय ३९ दलको दर्ता कायम रहेकोमा १ सय ८ दल आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि दर्ता भएका आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

    अहिलेसम्म दर्ता भएका दलमा आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा १८ वटा नयाँ दलले पहिलो पटक निर्वाचनमा भाग लिने भएका छन् ।

    आयोगका अनुसार जेनजी आन्दोलनपछि दर्ता भएका २१ वटा नयाँ दलमध्ये बिहीबार साँझसम्म १८ वटा दलले आगामी निर्वाचनमा भाग लिनका लागि दल दर्ता गराएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार