Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • जेनजी आन्दोलनमा कारागारबाट भागेका थुनुवा मृत भेटिए


    शुक्रबार, मंसिर १२ २०८२
    545
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दाङको तुलसीपुर कारागारबाट भागेका थुनुवा नेपालगन्जमा मृत फेला परेका छन् ।

    जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते तुलसीपुर कारागारबाट भागेका थुनुवा देवराज देवकोटा नेपालगन्जको रूकुमेली होटलमा मृत भेटिएका हुन् ।

    प्रहरीका अनुसार दाङको तुलसीपुर–१८ हेमन्तपुरका उनी लागुऔषध मुद्दामा पूर्पक्षमा थिए । उनी जेन्जी आन्दोलनक्रममा भदौ २४ गते तुलसीपुर कारागारबाट भागेका थिए ।

    मुखमा फिँज आएको अवस्थामा मृत भेटिएको बाँके प्रहरीले ज9नाएको छ । उनको शव नेपालगन्जको नर्सिङ होममा राखिएको छ । उनको आज भेरी अस्पतालमा पोष्टमार्टम गरिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार