काठमाडौँ। काठमाडौँका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्ने उद्देश्यले सडक डिभिजन कार्यालय काठमाडौँले ‘सडक मर्मत एम्बुलेन्स’ र मोबाइल एप सञ्चालनमा ल्याएको छ। नेपालमै पहिलो पटक सुरु गरिएको यो सेवा सामरिक महत्त्वका सडकहरूमा तत्काल मर्मत गर्न प्रयोग हुनेछ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बिहीबार औपचारिक रूपमा सडक एम्बुलेन्सको शुभारम्भ गरेका छन् । कार्यक्रममा उनले यो सेवा नमुना प्रकृतिको भएको बताउँदै आगामी दिनमा देशका अन्य मुख्य शहरमा पनि विस्तार गरिने जानकारी दिए ।
‘विकसित देशहरूमा जस्तै अत्याधुनिक प्रविधि प्रयोग गरेर सडक मर्मतलाई छिटो, प्रभावकारी र पारदर्शी बनाउनुपर्छ,’ मन्त्री घिसिङले भने।
सडकमा खाल्डो देखिएमा सर्वसाधारणले मोबाइल एपमार्फत तत्काल फोटो खिचेर अपलोड गर्न सक्नेछन्। मर्मत पूरा भएपछि त्यसको अद्यावधिक विवरण पनि एपमै हेर्न सकिने व्यवस्था गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीले सडक एम्बुलेन्सले जनगुनासो तत्काल सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले यो सेवाले मर्मत प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउने बताए ।
सडक डिभिजन काठमाडौँका प्रमुख सुबोधकुमार देवकोटाका अनुसार एम्बुलेन्समा तालिमप्राप्त प्राविधिक टोली रहनेछ र वर्षको ३६५ दिन नै २४ सै घण्टा तयारी अवस्थामा रहनेछ। एम्बुलेन्समा चेतावनी बत्ती र ट्राफिक व्यवस्थापनका सामग्रीसमेत जडान गरिएको छ, जसले भिडभाडको समयमा पनि आकस्मिक मर्मत गर्न सकिने उनको भनाइ छ।
यो सेवाले काठमाडौँका मुख्य सडकमा हुने सवारी जाम र दुर्घटनाको जोखिम घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend