काठमाडौं । प्रतिनिधिसभा बिघटनपछि मन्त्रिमण्डल विस्तार हुने केही दिनअघिसम्म ओली समूहमा लागेका पूर्वकानुन मन्त्री शेरबहादुर तामाङ केही दिनमै पुनः प्रचण्ड माधव समूहमै फर्र्किएका थिए । मन्त्रीमण्डलमा सिन्धुपाल्चोकको आफ्नै क्षेत्रको एक प्रदेशबाट कांग्रेससँग पराजीत दावा लामालाई मन्त्री बनाउने निश्चित भएपछि उनी पुनः नेकपा प्रचण्ड–माधव समूहमा फर्किएका थिए ।
प्रचण्ड–माधव समूहमा उनी फर्किनुमा श्रीमती उषाकला राईको पनि जोडबल थियो । यसबीचमा ओली पक्षले प्रदेश नम्बर १ को सरकारबिरुद्ध अविश्वास प्रस्ताव निस्तेज वार्न प्रचण्ड–माधव पक्षमा लागेका एक एक सांसद खरिद बिक्रीको शृंखला सुरु गरिरहेको छ ।
प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावको बारेमा निर्णय नगरी महिना दिनदेखि सांसद आफ्नो पक्षमा तान्ने ओली समूहको प्रयास जारी छ । प्रचण्ड माधव समूहमा लागेका सांसदहरु गोपालचन्द्र बुढाथोकी, जसमाया गजमेरलाई आफ्नो पक्षमा ल्याएका मुख्यमन्त्री शेरधन राईको समूह त्यति गर्दा पनि संसदीय दलमा अल्पमतमा परेपछि उषाकला राईलाई प्रभावमा पार्न सफल भएको छ ।
प्रदेश सभामा शेरधनको पक्षमा लाग्दा उषाकला राईलाई मन्त्री पद दिइने आश्वासन दिइएको छ । प्रदेशको मन्त्री पद पाउने भएपछि उषाकला पनि ओली पक्षमा लाग्न सहमत भइन् । शेरबहादुर तामाङ त पहिले नै ओली समूहमा लागिसकेका थिए । श्रीमतीकै जोडले फर्किएका उनी अहिले पुनः ओली समूहमा लागेका छन् ।
आज बिराटनगरमा आयोजित कार्यक्रममा उषाकला राई ओली समूहमा औपचारिक रुपमा प्रवेश गर्ने भएकी छन् । ओली समूहमा शेरबहादुर तामाङको रिइन्ट्रीलाई श्रीमतीको मन्त्री पद प्राप्तीसँग जोडेर हेरिएको छ ।
त्यसो त शेरबहादुरले केही दिनदेखि नै सिन्धुपाल्चोकका आफ्ना निकट कार्यकर्तालाई ओली समूहतिर लाग्न सकेत गरिसकेका थिए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend