Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्रीसँग निर्वाचन सुरक्षाबारे छलफल गर्दै संसदीय समिति


    बिहिबार, मंसिर ११ २०८२
    335
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संसदीय समितिले आज गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गर्दैछ ।

    राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले गृहमन्त्री अर्यालसँग समसामयिक विषयमा छलफल राखेको हो ।

    बैठक आज दिउँसो १:३० बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्ने छ ।

    समिति सचिवालयका अनुसार निर्वाचनको तयारी, शान्ति सुरक्षाको अवस्था, विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था, अन्तरजिल्ला मतदान जस्ता विषयमा समितिमा गृहमन्त्रीसँग छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार