Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ सामान्य घट्यो, तोलाको कतिमा हुदैछ कारोबार ?


    बिहिबार, मंसिर ११ २०८२
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ४०० रुपैयाँले घटेको हो।

    आज छापवाल सुन प्रतितोला सुन २ लाख ४८ हजार ४०० कायम भएको छ। बुधबार ९०० रुपैयाँले घटेर एक तोला सुनको भाउ २ लाख ४८ हजार ४०० पुगेको थियो।

    महासंघका अनुसार सुनको भाउ घटे पनि चाँदीको भाउ भने वृद्धि भएको छ। आज चाँदी प्रतितोला ३ हजार २८० कायम भएको छ।

    बुधबार एक तोला चाँदीको मूल्य ३ हजार २२० रुपैयाँ कायम भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार