तिलक परियार, अमिक शेरचन र शर्मिला त्रिपाठी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार २ नम्बर प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरी राजेश झा अहिराजलाई नियुक्त गरेकी छन् । परियार पूर्वमाओवादी कोटाबाट प्रदेश प्रमुख नियुक्त भएका थिए ।
२०७६ कात्तिक १८ मा सरकारले शेरबहादुर देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाएर सातै जना नेकपाका नेतालाई नियुक्त गरिएको थियो । त्यसमा ३ जना पूर्वमाओवादी कोटाबाट गरिएको थियो भने ४ जना प्रधानमन्त्री ओलीले आफ्ना गुटकालाई मात्र गरेका थिए । माधव नेपाल निकट कसैलाई पनि ओलीले प्रदेश प्रमुखमा भाग दिएका थिएनन् ।
प्रधानमन्त्री ओलीले परियारलाई बर्खास्त गरिसकेका छन् । परियारलाई बर्खास्त गरिसकेपछि ओलीले अब पूर्वमाओवादी कोटाबाट प्रदेश प्रमुख भएका गण्डकीका अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका शर्मिला त्रिपाठीलाई पनि हटाउने संकेत दिएका छन् । ओलीले हटाएका परियार गृहमन्त्री रामबहादुर थापा बादल निकट हुन् । उनी मोहन वैद्य किरण र बादलहरुसँगै प्रचण्डसँग अलग भएका थिए । तर पछि बादलसँग पार्टी एकतका क्रममा उनी आएका हुन् ।
बादलकै कोटाबाट उनलाई माओवादीनिकट दलित संगठनको अध्यक्ष पनि बनाइएको थियो । तर प्रधानमन्त्री ओलीले बादलकै निकट परियारलाई प्रदेश प्रमुखबाट हटाएका छन् । यसले ओली सरकारमा बादलहरुको भूमिका कति कमजोर रहेछ भन्ने छर्लङ्ग भएको छ ।
ओली गुटबाट प्रदेश प्रमुख भएकाहरमा सोमनाथ अधिकारी प्यासी १ नम्बर प्रदेश, धर्मनाथ यादव लुम्बिनी प्रदेश, विष्णु प्रसाई बागमती प्रदेश, गोविन्द कलौनी कर्णाली प्रदेशका प्रमुख छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend