Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेद्वारा प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्बोच्चमा रिट दर्ता, १७ गते पेशी


    बुधबार, मंसिर १० २०८२
    565
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ ।

    एमालेका नेताद्वय महेश बर्तौला र सुनिता बरालले हिजो (मंगलबार)सर्वोच्चमा रिट निवेदन पेश गरेका थिए ।

    उक्त निवेदन दर्ता भएको सर्वोच्च प्रशासनले जनाएको छ । त्यस्तै, यही मंसिर १७ गतेका लागि पेशी तोकिएको पनि जानकारी गराइएको छ ।

    २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सरकार छाड्न बाध्य भएका थिए ।

    उनको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारीको सिफारिसमा सुशीला कार्कीलाई २७ भदौमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए ।

    कार्कीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेका हुन् । त्यसयता एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक बताउँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार