काठमाडौं। साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक एकल अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन मंगलबार ५.३२ अंकले बढेको नेप्से आज ९.६१ अंकले बढेर २६६५.६० विन्दुमा पुगेको छ।
सेन्सेटिभ इण्डेक्स १.६४ अंकले बढेर ४५९.१७ विन्दुमा अडिएको छ। नेप्से बढेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा वृद्धि भएको छ। आज ३२२ स्क्रिप्सको १ करड ३६ लाख २० हजार ८३८ कित्ता सेयर ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार ९५ रुपैयाँमा खरिदबिक्री भए।
मंगलबार ५ अर्ब ८२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। झापा इनर्जी,सागर डिस्टिलरी र स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यसैगरी श्रीनगर एग्रीटेक इन्डष्ट्रीको सेयर क्रमश ९.९८ र ९.६१ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ६२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
शिवम् सिमेन्टले २६ करोडको सेयर कारोबार गर्दा हिमालयन डिस्टिलरीले २३ करोड,बन्दिरपुर केवलकारको १९ करोड र हिमालयन रिइन्स्योरेन्सको १८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये १४२ वटा स्टक्सको मूल्य बढ्दा १०४ वटाको घट्यो। ११ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। पाँच समूहको उपसूचक घट्दा ८ समूहको उपसूचक सकारात्मक देखिएका छन्।
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
काठमाडौ । नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend