काठमाडौँ। नेपाल सरकारका नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले बुधबार सिंहदरवारमा आयोजित विशेष समारोहकाबीच पदबहाली गरेका छन्। जिम्मेवारी ग्रहण गर्दै उनले राष्ट्र र जनताको हितलाई सर्वोच्च प्राथमिकतामा राखी निःस्वार्थ, निष्पक्ष र जिम्मेवार प्रशासनिक नेतृत्व प्रदान गर्ने अठोट व्यक्त गरे।
पदबहाली समारोहमा मुख्यसचिव अर्यालले चुनौतीपूर्ण परिवेशमा प्राप्त जिम्मेवारीलाई पूर्ण इमान्दारिता, पारदर्शिता र नतिजामुखी कार्यशैलीका साथ निर्वाह गर्ने प्रतिबद्धता दोहोर्याए। सार्वजनिक सेवा चुस्त, छरितो र नागरिक–मैत्री बनाउन, सुशासन प्रवर्द्धन गर्न तथा निजामती सेवालाई कार्यक्षमता, अनुशासन र व्यवसायिकतामा आधारित संस्थामा रूपान्तरण गर्ने लक्ष्य उनले स्पष्ट पारे।
देश संवेदनशील अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उनले शान्ति–सुरक्षा, स्थिरता र सेवा प्रवाहलाई अक्षुण्ण राख्न सबै राष्ट्रसेवक एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औँल्याए। सरुवा–पदस्थापनका क्रममा देखिएका कमजोरी, ढिलासुस्ती, अल्छीपन र स्वार्थप्रेरित व्यवहार अन्त्य गर्दै निष्पक्षता, तटस्थता र इमानदारीलाई पुनर्स्थापित गर्नेतर्फ आफू गम्भीर रहने बताए।
मुख्यसचिव अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन प्रशासनिक संयन्त्रलाई सशक्त रूपमा परिचालन गर्ने घोषणा पनि गरे। निर्वाचन तयारी, सुरक्षा समन्वय, मतदाता अद्यावधिकदेखि कार्यविधि सुधारसम्मका विषयलाई उच्च प्राथमिकतामा राखिने उनले बताए।
पदबहालीपछि मुख्यसचिवले सुधारप्रधान सार्वजनिक सेवा, डिजिटल रूपान्तरण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, विकास निर्माणको गति तथा जनगुनासा तत्क्षण सम्बोधनलाई आफ्नो कार्यकालका मुख्य आधारस्तम्भका रूपमा लिने प्रतिबद्धता व्यक्त गरे।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको थियो। मंगलबार तत्कालीन मुख्यसचिव एकनारायण अर्यालले नवनियुक्त मुख्यसचिव सुमनराज अर्याललाई नियुक्तिपत्र हस्तान्तरण गरेका थिए।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend