Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • गगन थापा भन्छन्, श्री ३ बन्दै गरेका ओलीको हुकुम र सेटिङको शासन चल्न दिइन्नँ


    शुक्रबार, फाल्गुन ७ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका युवानेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ जंगबहादुर राणा बन्न खोेजेको उल्लेख गरेका छन् । प्रधानमन्त्री २००७ साल अघिको श्री ३ जस्तो बन्न खोेजेको यो घडीमा नेपाली कांग्रेस चुप लागेर बस्नु नहुने धारणा कांग्रैस नेता थापाको छ । थापाले कांग्रेस पनि २००७ अघिकै जस्तो दृढ संकल्पित हुनुपर्ने थापाको जोड छ ।

    थापाले सामाजिक संजालमा लेखेका छन्–‘मेरो हुकुम नै शासन हो’ भनेर प्रधानमन्त्री २००७ साल अघिका श्री ३ जस्तो बन्न खोजेको यो घडीमा नेपाली कांग्रेस पनि २००७ सालको जस्तै दृढ संकल्पित, साहसी र जुझारु भएर भन्नुपर्छ–यहाँ हुकुमको शासन पनि चल्न दिइन्न,सेटिङको शासन पनि चल्न दिइन्न ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार