काठमाडौं । अध्यागमन विभागले अध्ययन भिसामा नेपाल आएर भिसा उदेश्य विपरीत बसेका विदेशी नागरिकहरूमाथि विशेष निगरानी अघि बढाएको छ ।
अध्ययन भिसामा नेपाल आएका नागरिकहरुमाथि अध्ययन गर्दा कानुनले बर्जित गरेका क्रियाकलापमा संलग्नहरुलाई समेत अध्ययन भिसाका लागि सिफारिस गरेको पाइएको भन्दै विभागले सूचना जारी गरेर विदेशी नागरिक पढाउने शैक्षिक संस्थाहरूलाई जथाभावी अध्ययन भिसा सिफारिस नगर्न निर्देशन दिएको हो ।
विभागले कतिपय शैक्षिक संस्थाले अध्ययनमा नियमित संलग्न नहुने जानकारी हुँदाहुँदै पनि आम्दानीका लागि मात्र विदेशी विद्यार्थी भर्ना गर्ने गरेको, लामो अवधि नेपाल बस्न वैकल्पिक उपायका रूपमा अध्ययन भिसा लिन चाहने र कानुनले बर्जित गरेका क्रियाकलापमा संलग्न विदेशीहरूलाई समेत अध्ययन भिसा सिफारिस गर्ने गरेको पाइएकाले त्यसो नगर्न भनेको हो ।
यसै सन्दर्भमा विदेशी नागरिकहरूलाई अध्ययन गराउने सबै शैक्षिक संस्थाहरूको नियमित अनुगमन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विदेशी नागरिकहरूको गतिविधिको अनुगमन गर्न ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिलाई समेत भनिएको अध्यागमन विभागले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend