Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • महामन्त्रीद्वय गगन-विश्वप्रकाश र कार्यवाहक सभापति खड्काबीच छलफल जारी


    बुधबार, मंसिर १० २०८२
    705
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफलमा जुटेका छन् ।

    केन्द्रीय समिति बैठक बस्नुअघि सहमति जुटाउनको लागि खड्काले पार्टीका नेताहरूसँग निरन्तर छलफल थालेका हुन् । महामन्त्रीद्वयसँग अहिले छलफल जारी छ । १५ औँ महाधिवेशनबारे निर्णय लिनको लागि भोलि केन्द्रीय समिति बैठक बस्दै छ ।

    महामन्त्रीद्वयले पुसभित्रमा नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान राखिरहेका छन् । तर संस्थापन पक्षका नेताहरू चुनावअघि कुनै महाधिवेशन गर्न नसक्ने पक्षमा छन् ।

    भोलिको बैठकअघि महाधिवेशनबारे मध्यमार्गी प्रस्ताव ल्याएर सहमति जुटाउने भन्दै कार्यवाहक सभापति खड्का छलफलमा रहेको प्रवक्ता डा. प्रकाश शरण महतले बताए ।

    खड्काले हिजो पार्टी सभापति शेरबहादुर देउवासहित पार्टीका शीर्षनेताहरूसँग छलफल गरेका थिए । असोज २८ गतेदेखि जारी केन्द्रीय समिति बैठक टुङ्गिन नसक्दा खड्कामाथि चर्को दबाब छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार