Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश प्रमुख हटाउने र नयाँ नियुक्तिः स्वेच्छाचारी कार्य रोक्न ओलीलाई कांग्रेसको चेतावनी


    शुक्रबार, फाल्गुन ७ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले २ नम्बर प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेकी छन् । राष्ट्रपति भण्डारीले शुक्रबार २ नम्बर प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई हटाएकी छन् । र, २ नम्बरको प्रदेश प्रमुखमा डा. राजेश झा अहिराजलाई नियुक्ति गरेकी छन् ।

    प्रदेश प्रमुख हटाउने र नयाँ नियुक्ति गर्ने कार्यको नेपाली कांग्रेसले बिरोध गरेको छ ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश प्रमुखको नियुक्ति बदर गरेर प्रदेश प्रमुखको गरिमा घटाउँदै लगेको बताएका छन् । प्रवक्ता शर्माले विज्ञप्ति जारी गरी ‘निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ ।’

    प्रतिनिधिसभा बिघटनपछि कामचलाउ अवस्थामा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न नपाउने शर्माको विज्ञप्तिमा उल्लेख छ । ‘नेपाली कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिन चाहन्छ’, शर्माले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार