Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला आज


    बुधबार, मंसिर १० २०८२
    385
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरूले भेला बोलाएका छन । देशभरका महाधिवेशन प्रतिनिधि र केन्द्रीय नेताहरूको सहभागितामा दिउँसो १ बजे राष्ट्रिय सभागृहमा भेला बोलाइएको हो ।

    भेलाले ५४ प्रतिशत सांसदको हस्ताक्षरको आधारमा विशेष महाधिवेशन तोक्न केन्द्रीय कार्यसमितिलाई दबाव दिने महाधिवेशन पक्षधर नेता मनोजमणि लामिछानेले जानकारी दिए ।

    काँग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि बस्दैछ । शनिबार बसेको बैठकले निर्वाचनमा जाने निर्णय गरे पनि महाधिवेशनको विषय टुंग्याउन सकेको छैन । बरु निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णयमा सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेपछि विवाद झनै सतहमा आएको छ ।

    देउवा सक्रिय हुँदा महाधिवेशन सार्ने प्रयत्न भएको बुझेको इतर पक्ष दबाबको रणनीतिमा लागेको हो । लामिछानेका अनुसार आजको भेलाले कार्यसमितिलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।

    कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै असोज २९ केन्द्रीय कार्यालयमा हस्ताक्षरसहितको निवेदन दर्ता गराएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार