Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन


    बुधबार, मंसिर १० २०८२
    490
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज दल दर्ता गर्ने अन्तिम दिन रहेको छ ।

    चुनावमा सहभागिताका लागि १० मंसिरसम्म दल दर्ता गर्नु पर्ने निर्वाचन आयोगले जनाएको छ। मंगलबारसम्म कूल ८० वटा राजनीतिक दलले दल दर्ता गराएका छन् ।

    केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले, राजेन्द्र प्रसाद लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, रन्जिता श्रेष्ठ ९चौधरी०अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी, देव प्रकाश त्रिपाठी अध्यक्ष रहेको नागरिक शक्ति नेपाल, हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी नेपाल रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि प्रतिनिधिसभा निर्वाचन प्रयोजनको लागि दर्ता भइसकेको आयोगले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार