Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश २ को प्रमुखमा राजेश अहिराज नियुक्त


    शुक्रबार, फाल्गुन ७ २०७७
    2.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा राजेश झा (अहिराज) लाई नियुक्त गरेको छ ।

    मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम रौतहट निवासी झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेको हो ।

    नवनियुक्त प्रदेश प्रमुख झा ‘राजेश अहिराज’ को नामले परिचित छन् । मधेश मामिलामा विद्यावारिधी गरेका झा पत्रकारितामा समेत संलग्न छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजै पदमुक्त गरेकी थिइन् । परियारलाई पदमुक्त गरेपछि रिक्त ठाउँमा झालाई नियुक्त गरिएको हो ।

    sss.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार