Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ९ किलो यार्सा र २० लाखसहित २ जना पक्राउ


    मंगलबार, मंसिर ९ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। ९ किलो भन्दा बढी यार्सागुम्बा र २० लाख रुपैयाँसहित काठमाडौंबाट दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा चिनियाँ नागरिक ३७ वर्षीय एमए मसु र काठमाडौं ३१ घर भएका ३६ वर्षीय नबिला बानु छन्।

    उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँबजारबाट पक्राउ गरेको हो।

    उनीहरुबाट अवैध ९ किलो ३६० ग्राम यार्सागुम्बा, १५७ किलो बन लसुन, १०१ किलो सुकेका किराहरु, गुच्ची च्याउ ७ किलो ९ सय ग्राम, गुन्द्रक जस्तो देखिने नाम नखुलेको जडिबुटी साढे ७ किलो, तौल गर्ने मेसिन २ थान, क्यालकुलेटर १ थान, ३ थान मोबाइल र नगद २० लाख बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए।

    पक्राउ परेकाहरुलाई वन ऐनअनुसार कारबाही गर्न डीभीजन वन कार्यालय हात्तिसार पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार