काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मागबाट पार्टी पछि हट्न नसक्ने स्पष्ट पारेका छन् । मङ्गलवार उदयपुरको गाईघाटमा आगजनीमा परेको पार्टी कार्यालयको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विशेष महाधिवेशनको ‘ब्याक गियर’ नहुने बताए ।
उनले भने, ‘कांग्रेस विधानमा विशेष महाधिवेशन आह्वान गर्ने प्रावधान छ, तर त्यसलाई फिर्ता लिने कुनै व्यवस्था छैन । त्यसैले अब ९० दिनभित्र विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्छ । यदि सोही अवधिमा १५औँ नियमित महाधिवेशन गर्ने लिखित सहमति भयो भने मात्र विशेष महाधिवेशनको माग स्वतः सम्बोधन हुन्छ ।’
महामन्त्री शर्माले अब बल सभापति शेरबहादुर देउवाको कोर्टमा रहेको बताए । ‘दुई महामन्त्रीले के भन्छन् वा केन्द्रीय सदस्यहरूको सङ्ख्या कति छ भन्ने कुरा अब गौण भयो । असोज २८ गते केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले लिखित वक्तव्यमार्फत देखाउनुभएको संयम, समन्वय र परिपक्वताको सन्देशलाई उहाँ आफैँले कायम राख्नुहुन्छ कि राख्नुहुन्न, यही मुख्य प्रश्न हो,’ उनले भने ।असोज २८ को वक्तव्यमा “मङ्सिरमा महाधिवेशन” भन्ने वाक्यांश छुटेको विषय गम्भीर गल्ती भएको उनको भनाइ छ ।
‘त्यो छुट्नु नै गल्ती थियो भन्ने प्रमाणित भइसकेको छ । अब पार्टी र देशको वर्तमान सङ्कटको समाधानका लागि सभापतिज्यूले निर्णायक र सकारात्मक पहलकदमी लिनुपर्छ। उहाँको सक्रिय हस्तक्षेपले मात्र कांग्रेसलाई निकास दिन सक्छ,’ शर्माले भने ।
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend