Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वैशाखमा हुने निर्वाचनको आन्तरिक तयारी पूराः प्रमुख आयुक्त थपलिया


    शुक्रबार, फाल्गुन ७ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको लागि आन्तरिक तयारी पूरा भएको बताएका छन् ।

    शुक्रबार पाँचौ निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदो वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि आन्तरिक तयारी पूरा गरेको बताए ।

    फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने तथा देशभरि मतदान स्थल र मतदान केन्द्रहरुको निधो गरिने उनको भनाइ छ । 

    निर्वाचन सामाग्रीहरुको आन्तरिक बन्दोबस्त भइसकेको भन्दै उनले बाह्य रुपमा उपलब्ध गराउनुपर्ने सामाग्रीहरुको खरिद योजना तयार गरिएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार