सर्लाही । सर्लाहीका विभिन्न नाकाबाट दैनिक रूपमा हुने अवैध ओसारपसार रोकिएको छैन । त्रिभुवननगर, सखुवबा, फेनहरा, छन्किटोला, गडहिया–खैरवा, भाडसरदेखि धरमपुर पुलसम्म फैलिएको तस्करी सञ्जाल सक्रिय रहेको स्थानीयले बताएका छन् । सीमाबाट चाइनिज लाइटर, लसुन, कपडा, ब्याट्री, किराना सामग्री, मदिरा, स्याउ, चल्ला, हार्डवेयरका सामान, बालुवा–गिट्टी लगायत दर्जनौँ वस्तुहरू निर्वाध रूपमा भित्रिने र बाहिरिने क्रम बढ्दो छ ।
स्थानीय स्रोतका अनुसार भायलोग नामका तस्करदेखि सेराजुल मिकरानीसम्म सबैले सीमाक्षेत्रमा बलियो जालो बुनिसकेका छन् । पर्सा नाकाबाट मुसैलीका जितेन्द्र यादव र ब्रहम्पुरीका कृष्ण यादवले ब्याट्री र कबाडको संयुक्त कारोबार गर्दै आएका छन् भने फेनहरा नाकाबाट सुरेश चौधरीले पनि कबाडको लाइन सञ्चालन गर्दै आएका छन् । बलराका नविन चौधरी यस्तै कारोबारका पुराना खेलाडीका रूपमा परिचित छन् ।
कपडा तस्करीमा इनरवाका विजय दास तत्मा र पुकार ठाकुर सक्रिय रहेका छन् । पर्साका सरोज साह सोनारले पनि सोही नाकाबाट कपडा ओसार्ने गर्छन् । त्रिभुवननगरका हुसैनी कपडाको ठूलो लाइन चलाउने व्यक्तिमध्येका रूपमा चिनिन्छन् । गम्हरियाका विजय साह कलवार भाडसर नाकाबाट कपडा तान्छन् भने खैरवाका बुधु यादव छन्किटोला नाकाबाट रङ्गा तस्करी गर्छन् । सोही क्षेत्रमा रामइश्वरले बलरा–छन्कि मार्ग प्रयोग गरी कपडा र दैनिक उपभोग्य सामग्री ओसार्ने गरेको स्रोतले बताएको छ ।
मलङ्वाबाट काठमाडौं जाने बस र अन्य सार्वजनिक सवारीसाधन पनि तस्करीका मुख्य माध्यम बनेका छन् । यी सवारीमार्फत कपडा, काजु–किसमिस र स्पेयर पार्ट्स ओसारिने गरेको स्थानीयले दाबी गरेका छन् । संग्रामपुर नाकाकी सोभा मैडम स्कुटीमार्फत किराना सामान ओसार्ने नामले परिचित छिन् । त्रिभुवन नाकाका सुजित यादव लोकल बसमार्फत किराना पठाउने गर्छन् । ‘जितेन्द्र किराना’, ‘मलखाद’, ‘राजा हार्डवेयर’ र ‘तिन बहिनी’ समूहले पनि लोकल बसलाई मुख्य साधन बनाएर किराना सामग्री भित्र्याउने गरेको पाइएको छ । ‘मैडम’ नामले चिनिने अर्की महिलाले काजु–किसमिस ओसार्ने कार्य नियमित रूपमा गर्दै आएकी छन् ।
लालबन्दीका शेखर गुप्ता अटोमार्फत किराना र हार्डवेयर सामग्री पठाउने गर्छन् । बरहथवाका राजेश यादव सुपारी, कपडा, किराना तथा हार्डवेयर सामान तस्करीमा संलग्न छन्। मनोज, सिकिन्दर र सोपिन्दरले गडहिया–खैरवा–बाध हुँदै रौतहटको धरमपुर पुलमार्ग समातेर बहुमूल्य सामग्री ओसार्ने गरेको पाइएको छ । बयलबासकी बबिता अटोमार्फत कपडा तथा किराना सामग्री तस्करी गर्दै आएकी छन् । उनलाई रोक्न प्रहरी स्वयं हिचकिचाउने गरेको आरोप छ । फोनमार्फत धम्क्याउने, ब्ल्याकमेल गर्ने जस्ता घटनाले उनी प्रशासनको निगरानीभन्दा बाहिर रहेकी प्रमाणित गरेको स्थानीयले बताएका छन् ।
यसबीच सशस्त्र प्रहरीले चन्द्रपुर नगरपालिका–४ देउराली चोकबाट भायलोगलाई अत्याधुनिक हतियारसहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईले सीमाबाट हुने चुहावट रोक्न युनिटहरू सक्रिय रहेको दाबी गर्दै सम्भावित चुहावट न्यूनिकरणका लागि निरन्तर प्रयास जारी रहेको बताए । उनले भने, “सीमामा कसले, कहिले, के ल्याउँछ भन्ने पहिल्यै थाहा पाउन गाह्रो हुन्छ। तर नियन्त्रण र निगरानी दुवै पक्षलाई मजबुत पार्ने प्रयास जारी छ ।”
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend