काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै मंगलबार पनि सिंहदरबार गेटअगाडि मिरज ढुंगाना समूहले प्रदर्शन गरेका छन् ।
आइतबार बैठक बसेर सोमबारबाट निरन्तर आन्दोलनमा जाने बताएको यो समूहले मंगलबार टाउकोमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।
सिंहदरबार प्रवेश गर्न खोज्दा मिरजसहितलाई प्रहरीले पक्राउ गरेको छ। सिंहदरबार गेट पुगेर गिरफ्तारी दिने योजनामा रहेको यो समूहलाई प्रहरीले रोकेको थियो ।
सोमबार पनि सिंहदरबार गेटअगाडि पुगेर प्रधानमन्त्री भेट्न नपाएपछि यो समूहले असन्तुष्टि जनाएको थियो । प्रधानमन्त्रीलाई बुझाउने भनिएको मागपत्र गेटमै टाँसेर हिँडेको थियो ।
‘आज हामी सिंहदरबार पुगेर गिरफ्तारी नै दिने पूर्वयोजना थियो । सोहीअनुसार प्रदर्शनको लागि गएका हौँ । अब यो आन्दोलन हाम्रो माग पूरा नभएसम्म निरन्तर जारी रहन्छ,’ उनले भने ।
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend