Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा सुरु


    शुक्रबार, फाल्गुन ७ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक पेरिसडाँडामा सुरु भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्ययादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि राजनीतिक रुपमा विभाजित बनेको नेपाल कम्युस्टि पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे केन्द्रीय सदस्यहरुलाई जानकारी गराउने बताइएको छ ।

    यसैगरी निर्वाचनमा आयोगमा पुगेको आधिकारिकता विवाद र प्रतिनिधि सभा विघटनविरुद्ध जारी आन्दोलनका विषयमा समेत बैठकमा छलफल हुनेछ ।

    आधिकारिकताका लागि बहुमत देखाउने प्रयासमा रहेको नेकपा प्रचण्ड–नेपाल समूहका नेताहरुले हस्ताक्षरसमेत गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार