काठमाडौं । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा टीओबी समूहको गतिविधिबारे नेपाल प्रहरीले विस्तृत अनुसन्धान अगाडि बढाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै समूहका मुख्य व्यक्ति मानिएका तेन्जिन दावा लामा हालसम्म पनि प्रहरी हिरासतमै रहेका छन् । उनी उनीसँग सम्बन्धित प्रमाणहरूको विश्लेषण जारी रहेको जानकारी दिएको हो ।
प्रहरी उपरीक्षक तथा परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, टीओबी समूहले प्रयोग गरेको लोगो स्वयं तेन्जिनले नै डिजाइन गरेको तथ्य खुलेको छ ।
भदौ २३ गते दिउँसो बिजुलीबजार क्षेत्रमा मोटरसाइकल पड्काउँदै नारा जुलुस गर्नुका साथै भिडलाई उत्तेजित गर्ने गतिविधि त्यस समूहका सदस्यहरूले गरेको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार, बयानका क्रममा तेन्जिनले आफूलाई ‘आधा तिब्बतीयन’ भएको उल्लेख गरेका छन्, तर समूहमा सहभागी अन्य सदस्य भने सबै नेपाली मूलका रहेको खुलेको छ ।
भिडमा गएर उत्तेजित गर्ने गल्ती गरेको स्वीकारोक्ति तेन्जिनबाट लिखितरूपमै लिइएको प्रवक्ता भट्टराईले बताए ।
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend