Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतितोला १ हजार ९ सय रुपैयाँले घट्यो, तोलाको कति पुग्यो ?


    सोमबार, मंसिर ८ २०८२
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज (सोमबार)सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार ९०० रुपैयाँले घटेको हो।

    आज छापवल सुन तोलाको २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर ३ हजार ११५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार