काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदैछन्। त्रिवि मैदान कीर्तिपुरमा पहिलो खेल पौने १२ बजे र दोस्रो खेल अपराह्न ४ बजे सुरु हुनेछ।
पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स, दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्।
२/२ खेल खेल्दा सुदूरपश्चिम र विराटनगर ४/४ अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। कर्णालीले २ अंक जोडेको छ भने एक खेलमात्र खेलेको जनकपुर अंकविहीन छ।
गत संस्करण उद्घाटन खेलमा विराटनगर र जनकपुरबिच प्रतिस्पर्धा भएको थियो। जसमा जनकपुर ८ विकेटले विजयी भएको थियो । यसैगरी पहिलो संस्करणमा सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले पराजित गरेको थियो।
मंसिर १ गतेदेखि सुरु भएर २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा ३२ खेल हुने कार्यतालिका छ। एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्टस, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरेर ८ फ्रेन्चाइज टोली छन्। पहिलो संस्करणमा जनकपुर बिजेता र सुदूरपश्चिम उपविजेता बनेको थियो।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend