काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदैछन्। त्रिवि मैदान कीर्तिपुरमा पहिलो खेल पौने १२ बजे र दोस्रो खेल अपराह्न ४ बजे सुरु हुनेछ।
पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स, दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्।
२/२ खेल खेल्दा सुदूरपश्चिम र विराटनगर ४/४ अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। कर्णालीले २ अंक जोडेको छ भने एक खेलमात्र खेलेको जनकपुर अंकविहीन छ।
गत संस्करण उद्घाटन खेलमा विराटनगर र जनकपुरबिच प्रतिस्पर्धा भएको थियो। जसमा जनकपुर ८ विकेटले विजयी भएको थियो । यसैगरी पहिलो संस्करणमा सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले पराजित गरेको थियो।
मंसिर १ गतेदेखि सुरु भएर २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा ३२ खेल हुने कार्यतालिका छ। एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्टस, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरेर ८ फ्रेन्चाइज टोली छन्। पहिलो संस्करणमा जनकपुर बिजेता र सुदूरपश्चिम उपविजेता बनेको थियो।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend