काठमाडौं। साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३९.९२ अंकले बढेर २६००.२२ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ७.६३ अंकले बढेर ४४८.२० विन्दुमा अडिएको छ।
यसदिन ३३४ स्क्रिप्सको १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता सेयर ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार ९१६ रुपैयाँमा खरिदबिक्री भए।
तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सागर डिस्टिलरी,बन्दिपुर,झापा इनर्जीको सेयर १० प्रतिशतले बढ्यो। स्वस्तिक लघुवित्तको सेयर ८.१९ प्रतिशतले बढ्दा छ्यांदी हाइड्रोपावरको ६.२७ प्रतिशतले बढ्यो।
पिपुल्स हाइड्रोपावरको सेयर भने यस दिन सर्वाधिक घट्यो। उक्त कम्पनीको सेयर ७.६५ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६५ करोड मूल्य बराबरको कारोबार भयो। पिपुल्स हाइड्रोपावरको ३४ करोड बराबरको सेयर कारोबार हुँदा राधी विद्युतले २१ करोड,नेपाल रिइन्स्योरेन्सको १७ करोड र शिवम् सिमेन्टले १५ करोड बराबरको सेयर कारोबार गरे।
कारोबारमा आएकामध्ये २३७ स्टक्सको मूल्य बढ्दा १८ वटाको घट्यो। २ स्टक्सको मूल्य भने स्थिर रह्यो। म्युचुल फण्डबाहेक अन्य समूहको उपसूचक सकारात्मक देखिए
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
काठमाडौ । नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend