काठमाडौं। साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३९.९२ अंकले बढेर २६००.२२ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ७.६३ अंकले बढेर ४४८.२० विन्दुमा अडिएको छ।
यसदिन ३३४ स्क्रिप्सको १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता सेयर ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार ९१६ रुपैयाँमा खरिदबिक्री भए।
तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सागर डिस्टिलरी,बन्दिपुर,झापा इनर्जीको सेयर १० प्रतिशतले बढ्यो। स्वस्तिक लघुवित्तको सेयर ८.१९ प्रतिशतले बढ्दा छ्यांदी हाइड्रोपावरको ६.२७ प्रतिशतले बढ्यो।
पिपुल्स हाइड्रोपावरको सेयर भने यस दिन सर्वाधिक घट्यो। उक्त कम्पनीको सेयर ७.६५ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६५ करोड मूल्य बराबरको कारोबार भयो। पिपुल्स हाइड्रोपावरको ३४ करोड बराबरको सेयर कारोबार हुँदा राधी विद्युतले २१ करोड,नेपाल रिइन्स्योरेन्सको १७ करोड र शिवम् सिमेन्टले १५ करोड बराबरको सेयर कारोबार गरे।
कारोबारमा आएकामध्ये २३७ स्टक्सको मूल्य बढ्दा १८ वटाको घट्यो। २ स्टक्सको मूल्य भने स्थिर रह्यो। म्युचुल फण्डबाहेक अन्य समूहको उपसूचक सकारात्मक देखिए
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend