Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शेरधन राईको धम्कीः मुख्यमन्त्रीबाट हटाउन खोजे प्रदेशसभा भंग गर्छौं


    शुक्रबार, फाल्गुन ७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बिराटनगर । केपी ओलीले संविधान च्यातचुत पारी प्रतिनिधिसभा बिघटन  गरेपछि अब प्रदेशसभा पनि बिघटन गर्न अग्रसर भएका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा भङ्ग हुनसक्ने चेतावनी दिएपछि ओलीको संविधान च्यात्ने शृंखला नरोकिएको पुष्टी भएको छ । नेकपा प्रचण्ड–माधव समूहले अविश्वास प्रस्ताव दर्ता गरेको महिना दिनसम्म पनि त्यसबारेमा निर्णय नगरी सभामुख प्रदीप भण्डारीले ओलीलाई सहयोग गरिरहेका छन् । १ नम्बर र बागमती प्रदेशमा अविश्वास प्रस्ताव ल्याएको महिना दिन बितिसक्दा पनि त्यसलाई टुंगोपमा नपुर्याई संविधानकै खिलाफमा ओली समूह लागेको छ ।

    ओलीले संविधानलाई रद्दीको कागज बनाउँदा पनि कांग्रेस चुप छ, मौन बसेको छ । प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावको बारेमा अनिर्णयको बन्दी बनाई संविधानको चीरहरण गर्दा पनि कांग्रेस मौन बसेको छ । आफ्नै नेतृत्वमा बनेको संविधान भन्दै जस लिने कांग्रेस त्यसको चीरहरण हुँदा मौन बस्नुले ऊ ओलीको सत्ता प्रलोभनमा परेको सहजै अनुमान गर्न सकिन्छ । 

    प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट हट्नुपरेपछि संसद नै बिघटन गरिदिए, अब ओलीका निकट शेरधन राई र डोरमणि पौडेलको मुख्यमन्त्री पद जाने भएपछि प्रदेशसभा नै बिघटन गर्न उनी तम्सिएका छन् । १ नम्बर प्रदेशका मुख्यमन्त्री राईले त आफूलाई हटाउन खोजिएकाले प्रदेशसभा भंग हुने धम्की दिइसकेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार